राजा सल्हेशको पुजा एंम प्राण प्रतिष्ठा महोत्सव समारोह सु-सम्पन्न

|

बैशाख ०७, वीरेन्द्र कुमार। सल्हेश पुजा एंम प्राण प्रतिष्ठा महोत्सव समारोहमा राजा सल्हेशको गहबरको उद्घाटन पर्ब मंत्री माधब कुमार नेपालले गरेका छन्। उक्त कार्यक्रम रोैतहट जिल्लामा रहेको गोैर नगरपालिका वडा नम्बर ७ सिसवामा ०१ गते आयोजना गरेको थियो।

काठमाडौं को पशुपति मन्दिर शम्भु मन्दिर जनकपुर धामको जानकि मन्दिर राज देवी राम मन्दिर सिरहा मा रहेको राजा सल्हेश मन्दिर देशमा रहेको विभिन्न जातिको मन्दिर लाइ एकै ठाउँमा राखेर संगरालैय बनाउनुपर्छ दलित भित्र रहेको विभेदलाइ अंत गर्नु पर्छ पर्ब मंत्री माधब कुमार नेपाललेबताएका छन्।

राज्य सभाका सदस्य संघीय संसद राधेश्याम पासमानले भने राजा सल्हेश लोक नायक समतामूलक समाजको राजा थिए। राजा सल्हेस गोैतम बुध्दको सिधान्त र विचार आफ्नो राज्यमा लागु गरेका थिए। राजा सल्हेशको विचारबाट प्रभावित भए डा.भिम राउ अम्बेदकर भारतको संविधान नीर्मता येस्तो भनेको थियोे ।

पुर्ब मंत्री वीश्वन्द्र पासमान ले भने अब बहुजन मुलवासी दलितको अधिकारको लागि तेस्रो जन आन्दोलन गर्नेछु चेतावनी समेत दिएका छन् । सोही कार्यक्रममा नरेन्द्र पासमानले आफ्नो अभिव्यक्ति येस्तो दिए दलितहरुको जनसंख्या मधेस प्रदेशमा १३% प्रतिशत छ, तर दलितको समावेशीक 0% प्रतिशत रहेको छ।

बटुक पासमानले भने राजा सल्हेश दुसाध जातिको कुल देवता हो। यसलाइ प्रतेक वडामा राजा सल्हेशको मन्दिर निर्मान र पुजा अर्चना गर्नु पर्छ भनेको थिए।
उक्त कार्यक्रमको आयोजक दुसाध (पासमान )समाज रोैतहटको योजनामा भएको थियो । सोही कार्यक्रमको प्रमुख अतिथि पुर्ब मंत्री माधवकुमार नेपाल बिशिष्ट पुर्ब मंत्री वीश्वन्द्र पासमान नरेन्द्र पासमान सत्रोहन पासमान लगायतका उपस्तिथी रहेको थियो।

पत्रकार वीरेन्द्र कुमार पासमान, राज्य सभाका सदस्य संघीय संसद राधेश्याम पासमान, कार्यक्रमको सभाअध्यक्ष दुसाध (पासमान )समाज रोैतहट विगु पासमान, गोैर नगरपालिकाको नगर प्रमुख शम्भु साह, बोैधिमाई नगरपालिकाको नगर प्रमुख प्रदिप यादव, वृन्दावन नगरपालिकाको नगर प्रमुख विनोद प्रसाद कार्की र रोैतहट जिल्लाका प्रहरी प्रमुख हिरालाल रेग्मी, किरण पासमान लगायतका उपस्तिथी रहेको थियो।

 

तस्बिरहरु

 

चर्चित समाचार


भर्खरै प्रकाशित