बस दुर्घटना अपडेट : मृतक तिन जनामध्ये २ जनाको सनाखत, अनुसन्धान जारी

|

बैशाख ०७, डेस्क। दोलखाबाट जन्ती लिएर आउँदै गरेको बस दुर्घटनामा ज्यान गुमाउने ३ जनामध्ये २ जनाको सनाखत भएको छ।

मृत्यु हुनेमा दोलखा भीमेश्वरका मानबहादुर थामी र भीमेश्वर–१ का शिव श्रेष्ठ रहेको प्रहरीले बताएका छन्। तौथलीनजिकै धारावतीमा बस सडकबाट करिब सय मिटर तल उक्त बस खसेको थियो।

दुर्घटनामा दुलहासहित ३२ घाइते भएका थिए। उनीहरू सबैको उद्धार भइसकेको छ। गम्भीर घाइते केहीको सदबहादर अस्पताल खाडीचौरमा उपचार भइरहेको छ।

भने यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित