बैशाख ०७, डेस्क। धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजना वृद्धको मृत्यु भएको छ।
मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका -०७ बेलापट्टीका अन्दाजी ६५ वर्षीय रामरतन मण्डल रहेका छन्। पैदल यात्री रामरतन मण्डललाई हिजो बिहिबार साँझ प्रदेश ०२ -००६ प २९४३ नम्बरको मोटरसाइकलले ठक्कर दिदा उनी गम्भीर घाइते भएका थिए।
घाइते मण्डलको सिता हस्पिटल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको धनुषाको प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताएका छन्।
मण्डलको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । भने यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रवक्ता रञ्जन अवाले जानकारी दिएका छन्।





