महोत्तरी : २० किलो गाँजासहित दुईजना पक्राउ

|

चैत्र २९, डेस्क । महोत्तरीबाट २० किलो गाँजासहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भंगाहा नगरपालिका ६ का ३२ वर्षीय कलाम अंसारी र बर्दिवास नगरपालिका १० का ४० वर्षीय पदम स्याङ्दन  रहेका छन् ।

महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारका अनुसार बर्दिबास नगरपालिका १४ स्थित ट्राईल सेन्टर छेउबाट ईलाका प्रहरी कार्यालय बर्दिवासको टोलिलाई देख्नासाथ परिचय नखुलेको ३ जना पुरुषले बोकी ल्याएको सेतो रंगको प्लाष्टिकको बोरा मकै बारीमा फालेर भागेका थिए । बोरामा २० किलो ९७४ ग्राम गाजा बरामद भएको थियो ।

खोजतलासको क्रममा २ जनालाई पक्राउ गरी जिल्ला अदालत महोत्तरीबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । भने यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित