सिटी सफारीमा ठक्कर खाई मोटरसाइकल चालकको मृत्यु

|

चैत्र २८, डेस्क। रोकी राखेको सिटी सफारीमा ठक्कर खाई मोटरसाइकल चालकको मृत्यु भएको छ।

मोरङको बुढिगंगा गाउँपालिका-१ टपु टोलमा प्र.१-०२-०५०प ६९७३ नम्बरको मोटरसाइकलले रोकी राखेको को.२ ह २०८ नम्बरको सिटी सफारीमा ठक्कर खाई बुधबार (आज) बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक विराटनगर महानगरपालिका-४ खार्जी बस्ने २० वर्षीय करण मण्डलको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेज गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो ।

सिटी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भने यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित