चैत २८ डेस्क। रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
पहिलो चरणको नतिजा सार्वजनिक हुँदा ६ हजार ३२१ जना उत्तीर्ण भएका छन्।
गत फागुन ७ गतेदेखि चैत २४ गतेसम्म सञ्चालित परीक्षामा ४० हजार ५ सय ८० जना परीक्षार्थी सहभागी भएका थिए।
पहिलो चरणको परीक्षामा पास भएकाहरुको दोस्रो चरणको परीक्षा २०८१ वैशाख ९ गतेदेखि १५ गतेसम्म हुनेछ। उनीहरुले सिप परीक्षा दिनेछन्। स्किल र कम्पिटेन्सी परीक्षामा सहभागी भएपछिमात्र उनीहरु कोरिया जान पाउने श्रमिकको रोस्टरमा सूचीकृत हुनेछन्।
ईपीएसतर्फ उत्पादन क्षेत्रको दोस्रो चरणको परीक्षा पनि वैशाखमा सुरु हुनेछ जसमा ९७ हजार ९३७ जना सहभागी हुनेछन्।






