चैत २८,वीरेन्द्र कुमार। धनुषा जिल्लामा रहेको नगराइन नगरपालिका वडा नम्बर-६ लग्मा पछिवारी टोलमा रहेको राजा सल्हेश को गहबर को प्राङ्गण बाट वैशाख एक गते कलश यात्रा निकालिन्छ। कलश यात्रामा भक्तजनहरुको भिडभाड हुन्छ।
प्रत्येक बर्षमा वैशाख एक दुई गते मेला लाग्नेछ। सोही मेलामा नाच गान को पनि ब्यवस्था रहन्छन् । राजा सल्हेस शक्तिपिठ प्रति स्थानीयहरुको अस्था रहेको छ।
खासगरी निसन्तान महिलाहरु राजा सल्हेश को पुजाआजा गरिन्छ भने सन्तान प्रप्ति हुन्छ। मान्छे को दु:ख पिडाहरु नस्ट हुने आस्था रहेको छ। राजा सल्हेशको पुजा प्रत्येक गाउँ पालिका र नगरपालिका मा हुन्छ । जाहा दुसाध जातिहरुको बसुवास हुन्छ खासगरी राजा सल्हेशको पुजा हुन्छ । सल्हेशको पुजा नेपाल र भारत देशमा दुसाध जातिहरु धुमधाम संग मनाउने गर्छ।
सल्हेश दुसाध जातिहरुको कुल देवता रहेको छन् ।





