चैत्र २७, डेस्क। गृहमन्त्री तथा राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जनकपुरधाम आइपुगेका छन् ।
केहिबेर अगाडी जनकपुर विमानस्थल आइपुगेका गृहमन्त्री लामिछानेलाई सुरक्षा अधिकारी र पार्टीका नेता कार्यकर्ताहरुले भव्य स्वागत गरेका हुन्। विमानस्थलबाट उनी सिधा होटल सिताशरण पुगेका छन् ।
बुधबार तीनै सुरक्षा निकायका अधिकारीहरुसँग प्रदेशको सुरक्षा अबस्थाबारे उनी छलफल गर्ने कार्यक्रम छ ।
यस्तै दाइजोको निहुँमा हत्या गरिएका आरती साहको माइत पक्षका परिवारसंग भेटघाट गर्ने पनि बुझिएको छ ।





