चैत २६,डेस्क। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काठमाडौंको चन्द्रागिरिस्थित सशस्त्र प्रहरी (एपीएफ) को गोदाममा भएको आगलागीबारे जानकारी लिएका छन् ।
सोमवार साँझ एपीएपको स्टोर रुममा भएको आगलागीबारे उनले सतुङ्गलनै पुगेर जानकारी लिएका हुन् । स्थलगत अनुगमनका क्रममा विद्युत सर्ट भएर आगो लागेको प्रारम्भिक जानकारी प्राप्त भएको मन्त्री लामिछानेको सचिवालयले जानकारी दिएको छ ।
सचिवालयका अनुसार आगलागी भएको गोदाम बस्तीबीचमा रहे पनि आसपासका घर सुरक्षित रहेका छन् ।
अनुगमनका क्रममा मन्त्री लामिछानेले आसपासका बस्तीमा रहेका सीसी क्यामेराबाट जाँच गर्न निर्देशन दिएका छन् । साथै उनको निर्देशनअनुसार एआईजीको संयोजकत्वमा छानबिन समिति बनाएर जाँच थालिसकेको प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।
अहिलेसम्म पनि आगो नियन्त्रणमा आएको छैन । ८ वटा दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।





