टी–२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक

|

चैत्र २६, डेस्क। टी–२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार (आज) काठमाडौंमा गरेको कार्यक्रममा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपालको नयाँ जर्सी सार्वजनिक गरेका हुन् ।

नयाँ जर्सीको अगाडी पट्टी सबैभन्दा तल गैंडा र सगरमाथाको चित्र रहेको छ । जर्सीको रंग रातो, हल्का मधुरो र सेतो रहेको छ। बीचमा भने नेपाल लेखिएको छ । भने बीचको रंग निलो रहेको छ ।

बायाँतर्फ क्यान र दायाँतर्फ टी–२० विश्वकपको लोगो लागेको छ । कलर अर्थात् घाँटीको भाग रातो रंगमा छ । दुवै भागतर्फ बाउला (हातमा) नेपालको झण्डा छ ।

पछाडिको अधिकांश भाग निलो रंगमा छ । जर्सी नम्बरमाथि खेलाडीको नाम छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित