सातै जिल्लाका प्रहरी प्रमुख (एसपी) को सरूवा

|

चैत्र २३, डेस्क। आज प्रहरी प्रधान कार्यालयले ७ जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी)को सरूवा गरेका छन्।

प्रहरी मुख्यालयले निकालेको सूची अनुसार नुवाकोट प्रहरी प्रमुखमा एसपी शान्तिराज कोइरालाई पठाइएको छ । यस्तै बाँकेको प्रहरी प्रमुखमा तुललबहादुर कार्कीलाई पठाइएको छ ।

यस्तै बारा प्रहरी प्रमुखमा एसपी महेन्द्र खड्कालाई ल्याइएको छ भने रौतहट प्रहरी प्रमुखमा एसपी दिलिप घिमिरेलाई पठाइएको छ ।

साथै सर्लाहीको प्रहरी प्रमुखमा एसपी रविन्द्र सिंह, महोत्तरीको प्रहरी प्रमुखमा एसपी नहकुल पोखरेल र धनुषाको प्रहरी प्रमुखमा एसपी भुवनेश्वर तिवारीलाई पठाइएको प्रहरी प्रधान कार्यालयले बताएका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित