सुनसरीमा थप ३ पालिकामा निषेधाज्ञा जारी

|

चैत्र २३, डेस्क। सुनसरी जिल्ला प्रशासन कार्यालयले थप तीन पालिकामा निषेधाज्ञा जारी गरेको छ ।

प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा पनि कफ्र्यु आदेश जारी गरेका हुन् । यसअघि हरिनगरा गाउँपालिका र देवानगञ्ज गाउँपालिकामा निषेधाज्ञा जारी गरेको थियो ।

सुनसरीको भुटाहामा दुई समूहबिचको झडपले उग्ररुप लिएपछि अन्य पालिकामा पनि फैलन सक्ने भएकोले अर्को सूचना जारी नभएसम्मका लागि कफ्र्यु आदेश जारी गरेको हो । भुटाहामा शुक्रबार भएको झडपमा परी चार जना घाइते भएका छन् । प्रहरीले अहिलेसम्म चार दर्जनभन्दा बढी अश्रुग्याँस र हवाई फायर गरिसकेको छ ।

घाइते तीन जनाको विराटनगरमा र एक जनाको इनरुवा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित