चैत्र २३, डेस्क। सुनसरीको भुटाहामा दुई समूहबीच झडप हुदा प्रहरीले ६ राउण्ड हवाई फायर गरेको छ । दुई पक्षबीचको झडपमा चार जना सामान्य घाइते समेत भएका छन् ।
हरिनगर गाउँपालिका– १ भुटाहामा एक युवकलाई निर्घात कुटपिट गरेको घटनाले उग्ररूप लिएपछि प्रहरीले ६ राउण्ड हवाई फायर गरेको हो । प्रहरीले ११ राउण्ड अश्रुग्याँस पनि प्रहार गरेको छ । घाइतेलाई उपचारका लागि विराटनगर ल्याइएको छ ।
दुई समूहबीच झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।





