चैत्र २३, डेस्क। राष्ट्रपति रामचन्द्र पौडेल आज (शुक्रबार) तनहुँ आउने छन् ।
तनहुँको भिमाद नगरपालिका–६ स्थित जनज्योती क्याम्पसको १६ औं वार्षिकोत्सव, पाँचौ अधिवेशन एवं क्याम्पसको नवनिर्मित भवन उदघाटनका लागि राष्ट्रपति पौडेल तनहुँको भिमाद आउने छन्। राष्ट्रपति रामचन्द्र पौडेल नेपाली सेनाको हेलिकप्टरबाट आज भिमाद आउने छन् ।
आज बिहान ११ बजे जनज्योती क्याम्पस परिसरमा कार्यक्रम सुरु गर्ने गरी तयारी गरिएको क्याम्पस प्रमुख केशवराज काफ्लेले बताएका छन् ।





