चैत्र १९, डेस्क। स्रोत नखुलेको करिब २८ लाख रुपैयाँ सहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका-०३ का २४ वर्षीय कमर राजा र ४० वर्षीय आरिफ अन्सारी रहेका छन् ।
हिजो आइतबार प्रहरीले दुवै जनाको साथबाट स्रोत नखुलेको २७ लाख ७५ हजार ९७० रुपैयाँ बरामद गरेको सर्लाहीको प्रहरीले बताएका छन्। मलंगवा नगरपालिका ९ बाट स्रोत नखुलेको रकमसहित पक्राउ परेका दुवैजना हुण्डी कारोबारी रहेको सर्लाहीको प्रहरीले जनाएको छ ।
यस बिषयबारे दुवै जना माथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक सविन कुमार कार्कीले बताएका छन्।





