चैत्र १०,डेस्क। आज जनता समाजवादी पार्टी नेपाल कर्जन्हा नगर कमिटि सिरहाले आयोजना गरिएको होलि शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ।
सिरहा जिल्लामा पर्ने कर्जन्हा नगरपालिकाको एउटा समुदायिक बिद्यालयको प्राङ्गनमा आयोजना गरिएको होली मिलन तथा शुभकामना अदानप्रदान कार्यक्रम भब्य रुपमा सम्पन भएको छ । कर्जन्हा नगरपालिकाको जनता समाजवादी पार्टी नेपालको नगर अध्यक्ष श्री केशब कुमार साहको अध्यक्षतामा आयोजना गरिएको थियो ।
शुभकामना अदानप्रदान कार्यक्रमको सम्बोधन गर्दै जसपा नगर अध्यक्ष केशब कुमार साहले रङ्गको पर्व होलीको सम्पुर्णमा हार्दिक शुभकामना सहित सभ्य तथा भब्य रुपमा मनाउन आग्रह समेत गरेका थिए ।
सोहि प्रसंगमा नगर अध्यक्ष केशब कुमार साहले असत्यमाथि सत्यको विजय भएको उपल्क्षयमा यो होलि पर्व मनाउदैँ आईरहेको बताउनु भायो । होलीलाई खुसी, सद्भाव तथा भाइचारा अभिवृद्धि गर्ने पर्वका रूपमा लिइन्छ ।
सोहि कार्यक्रमको प्रमुख अतिथि पुर्व वन तथा वातावरण मन्त्रि डा. बिरेन्द्र कुमार महतो रहेको थियो। साथै विशिस्ट अतिथिको रुपमा कर्जन्हा नगरपालिकाको नगर प्रमुख भोला प्रसाद पोखरेल, नगर उप प्रमुख लक्ष्मी कुमारी श्रेष्ठ यादव र प्रमुख प्रशासकीय अधिकृत मनहरी बराल रहेका थिए।
कर्जन्हा नगरपालिकाको सबै वडा अध्यक्षहरुको समेत सहभागिता रहेको थिए।
त्यस्तै शुभकामना अदानप्रदान कार्यक्रमको सम्बोधन गर्दै प्रमुख अतिथि पुर्ब वन तथा वातावरण मन्त्रि डा. बिरेन्द्र कुमार महतोले भने पौराणिक मान्यता अनुसार त्रेता युगमा हिरण्यकश्यपु नाम गरेका राक्षसका छोरा प्रह्लाद भगवान् विष्णुको भक्त रहेको र हिरण्यकश्यपुलाई यो कुरा मन नपरेपछि आफ्नी बहिनी होलिकामार्फत प्रह्लादलाई अग्निमा जलाएर मार्ने योजना बनाएका थिए । अग्निमा नजल्ने वरदान पाएकी होलिकाले प्रह्लादलाई आफ्नै काखमा राखेर अग्निकुण्डमा बस्ने योजना बनाइन् ।
तर अग्निकुण्डमा बस्नासाथ होलिका जलेर मरेको तर प्रह्लाद सकुशल रहेको मान्यता पनि रहेको छ । फागुन शुक्ल पूर्णिमाको रातमा राक्षसरुपी होलिका दहन भएको र सोही दिनको सम्झनास्वरुप फागुन पूर्णिमामा रङ खेलेर खुसी आदानप्रदान गर्ने परम्परा सुरु भएको नगर प्रमुख भोला प्रसाद पोखरेलले बताउनु भयो । सोहि शुभकामना अदानप्रदान कार्यक्रममा कर्जन्हा नगरपालिकाका कर्मचारीहरु, लगायत प्रदेश सांसद स्थानीयले एक अर्कालाई रङ्ग अबिर लगाएर माया साटासाट गरेका थिए।
तस्बिरहरु







