पोखरामा ल्यान्ड हुन लागेका बुद्ध र यतीका दुई जहाज फेरी काठमाडौँ फर्किए

|

चैत ११,डेस्क। यति र बुद्ध एयरका दुई जहाज पोखरामा ल्यान्ड हुन नसक्दा काठमाडौँ फर्किएका छन्।

आइतबार बिहान काठमाडौँबाट पोखराको लागि उडेको बुद्ध एयरको एटीआर ७२ जहाज पोखरामा ल्यान्ड हुन नसकेपछि फेरी काठमाडौँ नै फर्किएको हो।

पोखरा विमानस्थल क्षेत्रमा चरा र किरा फ्ट्याङ्ग्राहरुको गतिविधि बढी देखिएपछि त्यहाँ ल्यान्ड नगरी जहाज काठमाडौँ नै फर्काइएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी निमित्त प्रमुख जसोदा सुवेदीले काठमाडौँबाट पोखरा आएका दुई विमान ल्यान्ड हुन नसकेर फर्किएको जानकारी दिइन्। उनले भनिन्, ‘बिहान ८ बजेपछि अहिलेसम्म विमानस्थलको धावनमार्ग (रनवे)मा चरा र किरा फटेङ्ग्राहरु देखिएपछि बिहानदेखि कुनै पनि विमान बस्न सकेका छैनन्।’

हाल विमानस्थलबाट किराहरु हटाउने काम भइरहेको उनको भनाई छ। एउटा बुद्ध र एउटा यतीको विमान काठमाडौँ फर्किएका र अर्को बुद्धको विमान आकाशमै होल्ड गरिएको प्रमुख जसोदा सुवेदीले जानकारी दिइन्।

चर्चित समाचार


भर्खरै प्रकाशित