चैत्र १०, डेस्क। दाङमा विद्युतको तार चुँडिएर करेन्ट लाग्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
आज दिउँसो करिब २ बजे तिर दाङ देउखुरीको राप्ती गाउँपालिकामा विद्युतको तार चुँडिएर करेन्ट लाग्दा एकै घरका तीन जनाको मृत्युु भएको छ ।
राप्ती गाउँपालिका वडानम्बर ३ का ६० वर्षीय गाेरखबहादुर केसी, उनकी श्रीमती ५५ वर्षीया दिलसरा र उनीहरूका चार वर्षीय नाती कृष्णको मृत्युु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जानकारी दिएका हुन्।
घर अगाडि खेलिरहेका नातीलाई करेन्ट लागेपछि बचाउन गएका हजुरआमा र हजुरबुबालाई पनि करेन्ट लागेको इलाका प्रहरी कार्यालय भालुबाङले जानकारी दिएका छन्।
करेन्ट लागेर तीनैजना गम्भीर घाइते भएका थिए । घाइतेमध्ये हजुरआमा र नातीको लमही अस्पतालमा र हजुरबुबाको बुटवलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक उज्वलबहादुर सिंहले जानकारी दिएका हुन् ।
भने यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएका छन्।





