चैत्र ०८, डेस्क। सिरहामा स्कुल बस दुर्घटना हुदा १५ जना बालबालिका घाइते भएका छन्।
मिर्चैया नगरपालिका -६ का देवकी एजुकेशन स्कुलको बस आज बिहान सिरहाको नरहा गाउपलिक-०३ मा दुर्घटना हुदा १५ जना बालबालिका घाइते भएका छन्।
नरहा गाउपलिक-०३ स्तिथ मिर्चैया नगरपालिका-६ का देवकी एजुकेशन स्कुलको बसमा सिटी कलेजको नाम लेखेको ना ३ ख १७७६ नम्बरको बस विद्यार्थी बालबालिकाहरुलाई लिएर फर्किने क्रममा दुर्घटना भएका छन्।
बालबालिकाहरुलाई लिएर फर्किने क्रममा बस अनियन्त्रित भई करिब ५ मीटर तल पल्टिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले बताएका छन्।
स्कुल बसका चालक फरार रहेका छन्। भने उनको खोजि कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले बताएका छन्। भने यस घटनाबारे थप अनुसन्धान भईरहेको छ।





