जनकपुरधाम-२३ बिन्धि : फोरलेन सडक बिचमै राख्छन स्थानीयले फोहर, सरकार मौन

|

चैत्र ०६, डेस्क। जनकपुर देखि भिठामोड जाने मेन फोरलेन सडक छेउछाऊ र बिचमा रखिएको गोबरको डंगुर, गोबरको गोइठा थाप्न र छेउमै फोहर विसर्जन गर्न थालिएपछि दुर्गन्ध र फोहरले आवागमनमा समस्या उत्पन्न भएको छ ।

नेपाल तथा भारतबाट आएको प्रयटक समेत यहाको जनता र जनप्रतिनिधिहरुलाई लज्जित बनाई रहेको स्पष्ट छ। जनकपुरधाममा रहेको बिभिन्न मन्दिर तथा यहाका अन्य पोखरीहरु आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य हो।

तर त्यहि जनकपुरधाम २३ बिन्धिमा सबैभन्दा धेरै फोहोरको डंगुर रहेको छ। उक्त सडक अन्तरास्ट्रिय सिमासंग पनि जोडिएका छन्।

सडक छेउछाउमा रखिएको गोबरको डंगुरले जनकपुरधामलाई कुरूप बनाइदिएको छ। सडकको किनार र सडकको बिचमै रखिएको दैनिकी प्रयोगमा आउने बस्तुहरुले दैनिक दुर्घटनाको जोखिम बढाइरहेका छन् भने जनकपुरधाम उप-महानगरपालिकाको मेयरले नै कुनै चासो नदेखाएको कारणले जनकपुरधाम एस्तो अवस्थामा आएको स्थानीयहरुले गुनासो गरिरहेका हुन्छन।

नेपालको अन्य धेरै ठाउमा यस्तै समस्या रहेका छन, जनचेतनाको अभावको कारणले गर्दा एस्तो समस्या देखिएका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित