विराटनगरमा हत्या भएकी दास नर्सका प्रेमी शिवशंकर पनि मृत भेटिए

|

चैत्र ०५, डेस्क। विराटनगर महानगरपालिका-४ मा हत्या भएकी अवस्थामा भेटिएकी २३ वर्षीया चन्द्रिकाकुमारी दासको प्रेमी शिवशंकर दास पनि हिजो मृत भेटिएका छन् ।

नोबेल मेडिकल कलेजमा कार्यरत नर्स चन्द्रिका कुमारीको शव शुक्रबार दिउँसो उनी बसेकै कोठाको बाथरुममा भेटिएको थियो । सिरहाको फुल्काहकट्टी घर भएका २३ वर्षीय शिवशंकर दास विराटनगर महानगरपालिका–४ स्थित फाइन होटल एन्ड लजको पंखामा प्लाष्टिकको डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।

मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार शिवशंकरलाई होटलको १०२ नम्बर कोठाभित्र आइतबार राति ९:४५ बजेतिर मृत फेला पारिएको हो।

चन्द्रिका कुमारीका प्रेमी शिवशंकर वैदेशिक रोजगारीका लागि मलेसियामा गएका थिए । उनी २६ फागुनमा काठमाडौं आएका थिए । काठमाडौंबाट उनी सिराहास्थित घर भने गएनन् । सीधै विराटनगरमा आएका थिए ।

२९ फागुनमा विराटनगर आएका उनी केही दिन चन्द्रिकाको कोठामा समेत बसेका छन् । त्यहाँ चन्द्रिका र शिवशंकरबीच केहि कुराहरुमा विवाद पनि भएको थियो ।

चर्चित समाचार


भर्खरै प्रकाशित