कुवेतमा गाडीको ठक्करबाट मृत्यु भएका तीनै जनाको शव नेपाल ल्याउने तयारी

|

चैत्र ०१,डेस्क । कुवेतमा गाडीको ठक्करबाट मृत्यु भएका तीनै जना नेपालीको शव नेपाल ल्याइने भएको छ । पोस्टमार्टम तथा आवश्यक कानुनी प्रक्रिया पुरा गरेर उनीहरूको शव नेपाल ल्याइने लागिएको हो ।

कुवेतको महाबुल्ला एरियामा मंगलबार बिहान गाडीको ठक्करबाट तीन जना नेपालीको ज्यान गएको थियो ।

कुवेतस्थित नेपाली राजदूतावासका अनुसार गाडीको ठक्करबाट सानो भर्याङका सुजन कार्की, अछामका सुरत बहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगरको मृत्यु भएको थियो ।

मृतक तिनै जना पापाजोन कम्पनीमा कार्यरत थिए । उनीहरूको शव पोष्टमार्टमका लागि फरवानिया हस्पिटलमा राखिएको र पोष्टमार्टमपछि शवहरू नेपाल पठाइने दूतावासले जनाएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित