फाल्गुण २९, डेस्क। दाइजोमा सुनको सिक्री नपाउँदा विवाह मण्डपमा एक बेहुलाले बिहे नै रद्द गरेका छन् । बाराको कलैया उपमहानगरपालिका–४ सिनेमा चौक बस्ने उमेश साहले गए राति सोयम्बरपछि विवाह मण्डपमा बिहे रद्द गरेका हुन् । बेहुला वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कम्प्युटर अपरेटरमा कार्यरत हुन् ।
बेहुली पक्षका अनुसार नगद १२ लाख, मोटरसाइकल बापत ३ लाख २५ हजार, एक थान ल्यापटप र एक एक थान सुनको औठी र हनुमानको माला सहित एती दाइजोमा बिहे तय भएको थियो । ती सबै सामान उनलाई बिहे अघि नै दिइसकेको थियो ।
पर्साको वीरगन्ज महानगरपालिका–२४ रानीघाटका सुखल साहकी अन्दाजी २४ वर्षीय छोरी रमिता कुमारीसँग गए राति बिहे थियो ।
विवाहको लागि स्वयम्बर विधि भइसकेपछि विवाह मण्डपमा बेहुला साहले सुनको सिक्री नदिएको भन्दै विवाह इन्कार गरेपछि दुवै पक्ष बीच झगडा भएको बेहुलि रमिता कुमारीले जानकारी दिएका छन्। बेहुलि रमिताका अनुसार म अब यस्तो घरमा बिहे गर्दिन।
विवाद भएपछि बेहुलाले जन्ती फर्काउन खोज्दा प्रहरी त्यो ठाउमा पुगेर बेहुलासहित ८ जनालाई पक्राउ गरेको छ। बिबाद भएपछि गएर बेहुला पक्षका ८ जनालाई पक्राउ गरेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक धर्मजंगले जानकारी दिएको छ ।
उनले पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको बताएका छन् ।





