अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा कबड्डी प्रतियोगिता सम्पन्न

|

फाल्गुण २८, डेस्क। अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा कबड्डी प्रतियोगिता सम्पन्न भएको छ। महिला दिवसको उपलक्ष्यमा जनकपुरधाम उपमहानगरपालिकाले छात्राहरूको कबड्डी प्रतियोगिता सम्पन्न गरियो।

लाइफ नेपालको सहियोग तथा सहकार्यमा श्री मा.वि सोहनी मुजेलियाको आयोजनामा सञ्चालित यस कबड्डी प्रतियोगितामा १८ जना किशोरीहरूले भाग लिएका थिए।

महिला माथि लगानीको वृद्धि,प्रगति र समृद्धि मूल नाराका साथ आयोजित यस प्रतियोगितामा प्रथम र द्वितीयलाई ट्रफी प्रदान गरिएको थियो।

प्र.अ.भोला यादवको अध्यक्षतामा सञ्चालित यस कार्यक्रम विद्यालयका छात्र, छात्रा, शिक्षक, शिक्षिका लगायत लाइफ नेपालको अध्यक्ष सुरेश ठाकुर लगायत डली शर्मा, सहिदा खातुन र गर्ल्स च्याम्पियनहरूको उपस्थिति रहेको थियो।

यस कार्यक्रमको उद्घोषण जयन्ती यादव र प्रतियोगिताको प्रशिक्षण राम असिशसाह र विनिता ठाकुरले गरेको थियो।

चर्चित समाचार


भर्खरै प्रकाशित