फागुन २२,डेस्क। नामिबिया,नेपाल र नेदरल्यान्ड्सबीचको टी-२० सिरिजको उपाधिका लागि आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले टस जितेर ब्याटिङ गर्ने भएको छ।
टिममा नेपालले कुनै परिवर्तन गरेको छैन। फाइनलमा भिड्दा नेपालले आइसिसी टी-२० विश्वकपअघि नेदरल्यान्ड्सलाई जाँच्ने अवसर पाउँदैछ। आगामी जेठमा हुने आइसिसी टी-२० विश्वकपमा नेपाल र नेदरल्यान्ड्स एकै समूहमा छन्।
नेपालमा भएको टी-२० सिरिजको लिग चरणमा सबै टिमको चार-चार खेलपछि अंक तालिकामा नेदरल्यान्ड्सले चार खेलबाट पाँच अंक जोड्दै फाइनलमा स्थान बनायो। चार अंक जोडेको नेपाल समूहमा दोस्रो हुँदै फाइनलमा पुग्यो।





