फागुन २२,डेस्क। अजय देवगन र आर माधवन यतिबेला आफ्नो आगामी फिल्म ‘शैतान’लाई लिएर चर्चामा छन् । यो फिल्म ८ मार्चको दिन हलमा रिलिज हुँदैछ ।
फिल्मको ट्रेलर निकै डरलाग्दो र आकर्षक छ । तर के तपाईलाई थाहा छ यो फिल्मका लागि फिल्मका स्टारले कति पैसा पारिश्रमिक लिए।
सबैभन्दा पहिले मुख्य अभिनेता अजय देवगनको कुरा गरौं, उनले फिल्मका लागि ठूलो रकम लिएका छन । भारतीय सञ्चारमाध्यका अनुसार अजय देवगनले यो फिल्मका लागि २५ करोड भारु लिएका छन् ।
फिल्मको ट्रेलरमा आर माधवन निकै डरलाग्दो देखिएका छन् । अभिनेता पनि मुख्य भूमिकामा छन् । माधवनले फिल्मका लागि १० करोड पारिश्रमिक लिएको बताइएको छ ।
फिल्ममा साउथ अभिनेत्री ज्योतिकाको पनि महत्वपूर्ण भूमिका छ । अभिनेत्री शैतानका लागि ५ करोड भारु पारिश्रमिक लिइएको छ । यो फिल्ममा जानकी बोडिवालाले अजय देवगनकी छोरीको भूमिका निभाएकी छिन् । जानकीमा मात्रै कालो जादू हुन्छ । जानकीले यो फिल्मका लागि २–३ करोड भारु लिएकी छिन् ।
शैतान फिल्म कालो जादूमा बनेको हो । फिल्ममा आर माधवन तान्त्रिकको भूमिकामा छन् । फिल्म थ्रिलर र हररले भरिपूर्ण छ। फिल्मको ट्रेलर सार्वजनिक भइसकेको छ, जसलाई निकै रुचाइएको छ । फ्यानहरु यसको प्रतिक्षामा छन् ।






