स्कुल बसको ठक्करबाट धनुषामा फेरि दुइजना घाइते

|

फाल्गुन २०,डेस्क। धनुषाको बटेश्वरमा स्कूल बसको ठक्करबाट दुईजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक मिथिला नगरपालिका १ लक्ष्मीबासका २६ वर्षीय मुकेश महतो र गाडीमा सवार वर्ष २३ का रुपेश महतो रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपीले जानकारी दिएका छन् ।

डिएसपी अवाका अनुसार बटेश्वर गाउँपालिका ३ स्थित ढल्केवरको चिल्ड्रेन गार्डेन बोर्डिंग स्कुलको ना १ क ८५७२ नम्बरको बसले मधेश प्रदेश ०२–००५ प ५७२९ को मोटरसाइकलमा ठक्कर दिएको हो ।

घाइते दुबैजनाको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहको छ । प्रहरीले बस नियन्त्रणमा लिएको छ भने चालक अझै फरार छन् । चालकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

 

चर्चित समाचार


भर्खरै प्रकाशित