बसले ठक्कर दिँदा ट्राफिक प्रहरीका सई खत्री गम्भीर घाइते

|

फल्गुण २०, डेस्क । ड्युटीमा खटी रहेका ट्राफिक प्रहरीको सईलाई बसले ठक्कर दिएको छ ।

आज आइतबार प्रदेश ३ –०१००५ ख ९७५५ जुनेलि यातायातको बसले ठक्कर दिँदा ट्राफिक प्रहरीका सई टोपबहादुर खत्री गम्भीर घाइते भएका छन ।

कोटेश्वरबाट बालकुमारी जाने क्रममा बसले ठक्कर दिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवन श्रेष्ठले जानकारी दिएको छ ।

गम्भिर घाइते भएका सईलाइ माइतीघरस्थित अन्नपुर्ण न्युरो अस्पतालको आइसीयुमा राखेर उपचार भइरहको छ । भने बस चालक नवराज गिरीलाइ नियन्त्रणमा  लिएर थप अनुसन्धान भैइरहेको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित