मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, दुई जना घाइते

|

फाल्गुण १९, डेस्क। सुनसरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । भने दुई जना घाइते भएका छन् ।

सुनसरीको बर्जु गाउँपालिका–६ मा पर्ने हुलाकी राजमार्गमा दुर्घटना भएको थियो। प्रहरीका अनुसार चिमडीबाट हरिनगरातर्फ जाँदै गरेको को १० प ८३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई गएराति दुर्घटना हुँदा २२ वर्षीय नीरज उरावको मृत्यु भएको हो । उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा नीरजको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक देवानगन्ज–७ का २० वर्षीय जयकुमार उराव, पछाडि बसेका २९ वर्षीय मनोजकुमार उराव घाइते भएका छन् । घाइते दुवै जनाको उपचार भइरहेको छ ।

यस घटनाबारे थप अनुसन्धान भईरेहको प्रहरीले बताएका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित