घोराही : टिपरको ठक्करबाट एक जनाको मृत्यु

|

फल्गुण १६, डेस्क । टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

मंगलबार राति ८ बजे घोराही उपमहानगरपालिका–४ गोग्लीमा रहेको सगरमाथा सिमेन्ट उद्योगभित्र टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिएको हो ।

मृतक घोराही उपमहानगरपालिका–४ का ३० वर्षीय नारायण शर्मा छन्।

मोड्ने क्रममा रा १ क १२७८ नम्बरको टिपरले शर्मालाई ठक्कर दिएको थियो। ठक्करपछि घाइते भएका उनलाई घोराहीस्थित राप्ती स्वास्थ्‍य विज्ञान प्रतिष्ठानमा लगिएको थियो।

प्रहरीले ठक्कर दिने सवारी चालक ३० वर्षीय बसन्त जिएमलाई पक्राउ गरेको छ। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।

 

चर्चित समाचार


भर्खरै प्रकाशित