फाल्गुण १५, डेस्क। मिटर व्याज पीडितहरुले काठमाडौंमा खाली खुट्टा हिँडेर प्रदर्शन गरेका छन् ।
करिब तैइस दिन पैदल हिँडेर उनीहरुले (आज) मंगलबार दिउँसो काठमाडौंको भृकुटी मण्डपदेखि खाली खुट्टा हिँडेर टुँडिखेल परिक्रमा गरेका छन्।
मिटरब्याज पीडितको न्यायका लागि भन्दै १६ माघमा पूर्वबाट ५०० र पश्चिमबाट २०० जना पैदल मार्च गरेर काठमाडौंसम्म आएका थिए ।
मिटरब्याजको समस्याबारे जाँचबुझ गर्न बनेको आयोगले २८ हजार निवेदनका आधारमा पीडित र साहुबीच ५ अर्ब ५७ करोड १९ लाख रुपैयाँ बराबरको लेनदेनको लिखत फेला परेको थियो, र पीडितहरुले ती सबै लिखत खारेज हुनु पर्ने र आफूहरुले लिएको पैसाको आधारमा ऋण तिर्न पाउने व्यवस्थाको माग गरेका छन् ।





