सर्लाही : मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

|

फाल्गुण १३, डेस्क। मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो। भने अन्य घाइते भएका हुन्।

सर्लाहीको गोडैता नगरपालिका-८ स्थित सडकमा मधेश प्रदेश ०२-००७ प १२३० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री चक्रघाटा गाउँपालिका-९ खोरिया बस्ने ५० वर्षीय नागेन्द्र रायको शनिबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र अन्य १ जना पैदलयात्रीको तिरुपती अस्पतालमा उपचार भइरहेको छ । भने यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको हो।

चर्चित समाचार


भर्खरै प्रकाशित