थापाथलीको प्रसूतिबाट बच्चा चोरी

|

फागुन ११,डेस्क। काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्‍पतालबाट बच्चा चोरी भएको छ।

शुक्रबार एक जना महिलाले बच्चा चोरी गरी फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। अहिले प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए।

प्रहरीका अनुसार काभ्रे घर भई काठमाडौं बस्दै आएकी एक जना महिलाको २६ दिने छोरी चोरी भएको हो। अस्पतालमा एक जना महिलाले केहीबेर बोकिदिने भनेर बच्चा लिएको प्रहरीले जनाएको छ।

केहीबेर लिने भनेर ती महिला फरार भएकी हुन्। घटना शुक्रबार दिउँसो १२ बजेतिर भएको हो। त्यसपछि करिब १ बजेतिर प्रहरीलाई खबर भएको हो।

महिलाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित