फाल्गुण ११, डेस्क। आज प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायत अन्य विपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएका छन्।
विपक्षी दलका सांसदहरुले बालकुमारी घटनालगायतका विषयमा सरकारको जवाफको माग गर्दै संसद् अवरुद्ध गरेका हुन।
सभामुख देवराज घिमिरेले बैठक सहज रूपमा अघि बढाउन पटक पटक आग्रह गरे पनि अवरोध नहटेपछि बैठक स्थगित गरेका हुन् ।





