चितवन : एक जना युवकको हत्या

|

फल्गुण ०८, डेस्क । आज एक जना युवकको हत्या भएको घटना बाहिरिएको छ ।

चितवनको खैरहनी नगरपालिकामा-२ चैनपुरमा एक जना युवक को हत्या भएको छ ।

आज बिहान करिब ७ बजे हर्वल कम्पनीको पर्खालनजिकै घाँटीमा चक्कु रोपिएको अवस्थामा स्थानीय २४ वर्षीय कृष्णकान्त खनालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मृतकको घरबाट घटनास्थल ५०० मिटर पूर्व रहेको छ ।

जिल्ला प्रहरी चितवनको टोली घटनाको अनुसन्धानमा जुटिरहेको प्रहरीले जनाएको छ ।

 

चर्चित समाचार


भर्खरै प्रकाशित