फल्गुण ०८, डेस्क । पाल्पामा टिपर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ।
रुपन्देहीको खैरेनीबाट माथागढी–५ धामिका ढुङ्गाखानीतर्फ जाँदै गरेको टिपर माथागढी गाउँपालिका–५ आर्थोकघाटस्थित रहवास खैरेनी सडकखण्डमा सोमबार दुर्घटनामा परेको हो।
घटनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ का चालक २४ वर्षीय प्रदीप कुमाल र सोही ठाउँका सहचालक १८ वर्षीय मनिष परियारको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयाका प्रहरी उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिएको हो।
दुर्घटनाको कारण अहिले सम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।





