प्रवेश गर्न नदिइएपछि पत्रकारहरूले गरे मूल गेटमा बिरोध

|

फागुन ७,डेस्क। राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा पत्रकारलाई प्रवेश दिइएको छैन ।

सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा प्रवेश नदिइएपछि फोटो पत्रकारहरूले क्यामेरा डाउन गरेर विरोध जनाएका छन् ।

सूचना तथा प्रसारण विभागको कार्डलेसमेत प्रवेश नदिएपछि पत्रकारहरूले सांकेतिक विरोध गरेका हुन् ।

समारोहको निमन्त्रणपत्र भए मात्रै प्रवेश दिने भन्दै पत्रकारहरूलाई आयोजकले फर्काइदिएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित