रौतहट : कर्जाको नाममा झुक्याएर जग्गा नामसारी गराएपछि पिडित परिवार आत्महत्या गर्न बाध्य

|

फाल्गुन ६, मेवालाल यादव। रौतहटमा एकजना व्यक्तिले कर्जाको नाममा जग्गा नामसारी गराउने लाखौको कपाली कागज गराएको पाइएको छ ।

रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका –१ पिपराका सुरेन्द्र साहको र सोहि गाउँपालिका–२ बस्ने बिरेन्द्र पाण्डेले सुरेन्द्र साहलाई झुक्याएर जग्गा नामसारी गराएको र  १० लाखको तमसुक अर्थात कपाली कागजमा सहीछाप गराएको रहस्य खुलेको छ ।

साहले रौतहट जिल्ला प्रहरी कार्यालय गौर र जिल्ला अदालत गौरबाट कुनै न्याय नपाए पछि आफ्नो परिवारका साथै साहले आत्महत्या समेत गर्ने पत्रकार सम्मेलन मार्फत बताएका छन । रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका -२ मा बस्ने बिरेन्द्र पाण्डेले सोही गाउँपालिका -१ मा बस्ने सुरेन्द्र साहको घर जग्गा समेत आफ्नो नाममा गराइ अरु संग जग्गा बेचेको रहस्य खुलेको छ ।

साहले बिरेन्द्र पाण्डे संग २०७१ कार्तिक २७ गतेको दिन १० लाख रुपैया ऋण अर्थात कर्जा लिएको थिए । सुरेन्द्र साहले १० लाखको १३ लाख ६० हजार रुपैया पाण्डेलाई दिएको बताएका छन्।

पाण्डेले १० लाखको ४ वर्षमा ब्याजको ब्याज जोडेर करिब ८०-९० लाख रुपैया पुराइदिएको हो। तर पाण्डेले साह माथि मुद्दा समेत गरेको साहले न्याय नपाए पछि हिजो पत्रकार सम्मेलन गरेर बताएका छन् ।

पाण्डेले सोही गाउँपालिकामा बस्ने बिनलाई ऋण अर्थात कर्जा  दिएको थियो तर पाण्डेले ऋण अर्थात कर्जाको ब्याजको ब्याज सुनाए पछि बिनलाई कर्जाको पैसा सुनेर सोही ठाउँ हार्ट अटेक भएर मुत्यु भएको साहले बताउनुभयो ।

चर्चित समाचार


भर्खरै प्रकाशित