धादिङ : बस र ट्रक ठोक्किँदा २० जना घाइते

|

फाल्गुण ०५, डेस्क। काठमाडौँबाट तीर्थयात्री बोकेर चितवनतर्फ गइरहेको बस ट्रक सँग ठोक्किँदा २० जना घाइते भएका छन् । उक्त बसमा जम्मा ३० जना तीर्थयात्री सवार भएका थिए ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ हिलटप मोडमा बस र ट्रक एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ ।

काठमाडौँबाट तीर्थयात्री बोकेर चितवनतर्फ गइरहेको बस र विपरीत दिशाबाट आइरहेको ट्रक हिलटप मोडमा आज बिहान ठोक्किँदा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

घाइतेको मलेखुको राजमार्ग अस्पताल र मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको जैसवारले बताए ।

चर्चित समाचार


भर्खरै प्रकाशित