किसान आन्दोलन: आज भारत बन्द

|

फागुन ४,डेस्क। किसानहरुले आज भारत बन्द गरेको छ । संयुक्त किसान मोर्चासहितका किसान संगठनहरुको आह्वानमा आज भारत बन्द छ ।
किसानहरुले ठाउँठाउँमा सडक अवरुद्ध गरेका छन् । बन्दका कारण राजधानी दिल्लीसहितका राज्यहरुमा कडा सुरक्षा प्रबन्ध मिलाइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

कृषि ऋण मिनाहा हुनुपर्ने, उत्पादनको उचित मूल्य पाउनुपर्ने, विगतका आन्दोलनमा मुद्दा चलाइएका किसानहरुको मुद्दा फिर्ता लिनुपर्ने लगायतका माग राख्दै किसानहरु आन्दोलनमा उत्रेका हुन् ।

राजधानी नयाँदिल्ली पुगेर सरकारलाई आफ्ना माग सुनाउने भन्दै किसानहरुले यही फागुन १ गतेदेखि ‘दिल्ली जाऔं’ अभियान पनि सुरु गरेका थिए । तर विभिन्न प्रदेशहरुले नाका बन्द गरेर किसानहरुलाई रोकेका छन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित