लहान : भ्यालेन्टाइन डे मनाउन गएकी एक बालिकालाई उनको प्रेमीले गरे बलात्कार

|

फाल्गुण ०३,डेस्क। हिजो सरस्वति पूजाको दिन भ्यालेन्टाइन डे मनाउन गएकी एक बालिकालाई उनको प्रेमीले बलात्कार गरेको घटना बाहिरिएको छ ।

बुधबार घरबाट सरस्वति पूजामा जान्छु भन्दै भ्यालेन्टाइन डे मनाउन प्रेमीसँग निस्केकी बालिकालाई सिरहाको लहान स्थित साथीको डेरामा लगेर बलात्कार गरेको छ । हिजो दिउँसो घरबाट निस्केकी सिरहा–१६ लाई उनका प्रेमीले साथीको डेरामा लगेको र बलात्कार गरेको प्रारम्भिक बयान दर्ज गरिएको हो ।

सिरहाको बरियारपट्टि नगरपालिका बस्ने बालिकालाई सिरहाको सुखिपुर नगरपालिका वडा नं. २ बस्ने एक युवकले बलात्कार गरेको जनाईएको छ । सोही आरोपमा एक युवक पक्राउ परेका छन् । उनको नाम भने अहिले सार्वजनिक गरिएको छैनन् ।

बालिका रक्ताम्य अवस्थामा अचेत देखिएपछि प्रहरीलाई खवर गरिएको थियो । प्रहरी घटनास्थल पुगेर सर्च अपरेशन गर्दा एक जनालाई बालिकाको बयानको आधारमा पक्राउ गरेको हो। भने यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको हो।

चर्चित समाचार


भर्खरै प्रकाशित