लुम्बिनीमा आज रास्वपाको दबाब यात्रा गर्दै

|

फाल्गुन २,डेस्क। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार लुम्बिनी गुरूयोजनामा दबाब यात्रा गर्ने भएको छ।

बुधबार बिहान १० बजे लुम्बिनीको १२ नम्बर गेटमा दबाब यात्रा गरिने रास्वपाले जनाएको छ।

दबाब यात्राको नेतृत्व सांसद लक्ष्मी तिवारीले गर्नेछिन्। दबाब यात्रामा कोषाध्यक्ष लिमा अधिकारी, केन्द्रीय सदस्य इश्रा मुल्ला मिया, प्रमिला कुलुजू सहभागी हुनेछन्। त्यस्तै विभागका तर्फबाट गणेश पौडेल, रामहरि लामिछाने, आशिका श्रेष्ठ पनि सहभागी हुने रास्वपाले जानकारी दिएको छ।

लुम्बिनी गुरूयोजना ४६ वर्षअघि सुरू भएको अवधारणा हो। सन् १९७८ देखि सुरू भएको यो अवधारणाअनुरूप अहिलेसम्म काम हुन नसकेको भन्दै रास्वपाले दबाब यात्रा गर्न लागेको हो।

रास्वपाले सातै प्रदेशका तीन—तीनवटा अलपत्र विकास आयोजना निर्माण पूरा गर्न दबाब यात्रा गरिरहेको छ। यसअघि पुस ९, १०, ११ गते नारायणगढ—बुटवल सडकखण्डमा रास्वपाले दबाब यात्रा गरेको थियो। यस्तै माघ २१ गते राष्ट्रिय गौरवको आयोजना मेलम्चीमा पनि दबाब यात्रा गरेको थियो।

चर्चित समाचार


भर्खरै प्रकाशित