फाल्गुन ०२, डेस्क। शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयको निम्न माध्यमिक तहको शिक्षक पदमा आवेदन आह्वान गरेको छ ।
आज एक सूचना जारी गर्दै आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारलाई आवेदन दिन आग्रह गरेका हुन्।
आजैदेखि उम्मेदवारहरूले आयोगको दरखास्त अनलाइन पोर्टल https://online.tsc.gov.np मार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्ने आयोगले बताएको छ।





