फाल्गुन ०१, डेस्क । जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ।
मंगलबार अपराह्न तिनाउ गाउँपालिका-६ स्थित शिखरडाँडामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवर्ण श्रेष्ठले जानकारी दिएको हो ।
घाइते र मृतकहरूको पहिचान अझै खुलेको छैन। घाइतेहरू अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
‘दुर्घटनास्थलमा आठ वटा शव फेला परेको छ। श्रेष्ठले भने।
यात्रुहरू बोकेको लु ख १ ज २३७१ नम्बरको जिप डुम्रेबाट शिखरडाँडा जाँदै गर्दा मंगलबार साँझ पौने ५ बजे दुर्घटना भएको हो।
तिनाउ गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष टोमबहादुर पुनले पनि दुर्घटनामा परी ८ जनाको घटनास्थलमै मृत्यु भएको बताए। दुर्घटना हुँदा १५ जना घाइतेको उद्धार गरी अस्पताल पठाएको पनि उनले बताए।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब निरीक्षक राजकुमार चापागाईले घाईतेहरूको उद्धार गरी लुम्विनी मेडिकल कलेज पठाइएको बताएको हो ।र यश घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।





