माघ २८,डेस्क। गायक दुर्गेश थापा माथि महोत्सवमै जुत्ता प्रहार भएको छ ।
वालिङ उद्योग वाणिज्य संघले आयोजना गरेको आठौँ वालिङ महोत्सवमा आफ्नो प्रस्तुति दिँदै गर्दा उनीमाथि जुत्ता प्रहार भएको हो ।
थापा आफ्नो प्रस्तति दिनका लागि शनिबार साँझ महोत्सवमा सहभागी भएका हुन् । महोत्सवमा थापासहित अन्य कलाकार तथा मोडलहरूले आआफ्नो प्रस्तुति दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय स्याङजाका निमित्त प्रवक्ता इन्सपेक्टर पवल सिं लामाका अनुसार जुत्ता प्रहार गर्ने दुई जनालाई नियन्त्रणमा लिएको जानकारी दिए । उनीहरूलाई वडा प्रहरी कार्यालय वालिङमा राखिएको छ ।
यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरू माथि अभद्र व्यवहार सम्बन्धी मुद्दा चलाउने तयारी भईरहेको बुझिएको छ।





