मोटरसाइकल र टिपर आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु

|

माघ २८ ,डेस्क। मोटरसाइकल र टिपर एकआपसमा ठक्कर खाई शनिबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।

झापाको बुद्धशान्ति गाउँपालिका-३ सात नम्बर चोकमा मे.११ प ३१४९ नम्बरको मोटरसाइकल र को.१ ख ६४२८ नम्बरको टिपर एकआपसमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २३ वर्षीय रामकृष्ण पौडेलको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । र यस दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित