माघ २८ ,डेस्क। मोटरसाइकल ट्रकमा ठोक्किएर शनिबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।
सप्तरीको सुरूङगा नगरपालिका-४ कदमाहस्थित सडकमा स.६ प १३२० नम्बरको मोटरसाइकल प्र.२-०३-००१ ख ६२८४ नम्बरको ट्रकमा ठोक्किएर शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सिरहा लहान नगरपालिका-१८ बस्ने २३ वर्षीय सिकिन्द्र ठाकुरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । र यस दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





