झापा : स्कूल बस खरिदका लागि शिक्षकहरुले दिए एक महिनाको तलब, करिब ४ लाख

|

माघ २७,डेस्क। स्कूल बस खरिदका लागि शिक्षकहरुले एक महिनाको तलब दिएका छन् ।

शिवसताक्षी नगरपालिका–७ मा रहेका बालसेवा आधारभूत विद्यालयका शिक्षकले विद्यालयका बस खरिदका लागि एक महिनाको तलब सहयोग गरेका छन् ।

अभियानलाई सफल पार्नका लागि सबै शिक्षकले एक महिनाको रकम एकमुष्ट रु चार लाख ४० हजार आठ सय १६ नगद रकम विद्यालयलाई प्रदान गरेका हुन् ।

विद्यालयका प्रधानाध्यापक बेनुप्रसाद कार्कीले विद्यालयलाई बस आवश्यक भएको हुँदा शिक्षकबाटै रकम सङ्कलन गर्न सुरु गरिएको बताए । अभियानलाई अभिभावक, समाजसेवीले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित