झापा : मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

|

माघ २७ , डेस्क। झापा जिल्लामा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

झापाको दमक नगरपालिका-१ देवान चोकमा को.१० प ९९३४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री दमक नगरपालिका-१ भाङबारी बस्ने ६४ वर्षीय राम कुमार राईको शुक्रबार साँझ मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको दमक अस्पताल दमक हुँदै बिएण्डसी अस्पताल बिर्तामोडमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई रहेको छ ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको दमक अस्पतालमा उपचार भइरहेको छ । र यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको हो।

चर्चित समाचार


भर्खरै प्रकाशित