चितवन : बस ट्रकसँग ठोक्किँदा २० जना घाइते

|

माघ २७, डेस्क । बस ट्रकसँग ठोक्किँदा २० जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।

पूर्वपश्चिम राजमार्गमा पर्ने राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नम्बरको बस गएराति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो।
घाइते हुने सबै बसका यात्रु रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिएको हो ।घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। बसका चालक फरार रहेका छन्। उनको खोजीकार्य जारी रहेको प्रमुख सुवेदीले बताए। र थप अनुसन्धान भइरहेको हो ।

चर्चित समाचार


भर्खरै प्रकाशित